धरान: नेपाली कांग्रेस धरान उपमहानगर समितिको दोस्रो पुर्ण बैठकले ३३ जना नगर सदस्य मनोनित गरेको छ भने विभागीय प्रमुखहरु पनि चयन गरेको छ । 

आज (सोमबार) सम्पन्न दोस्रो पुर्ण बैठकले पार्टी सचिव जितेन्द्र राईले प्रवक्ता तथा प्रचार प्रसार समितिको संयोजकको जिम्मेवारी पाएका छन् । यस्तै, उपसभापति नरेन्द्र कुमार राई (प्रविण)लाई संगठन विभाग संयोजकको जिम्मेवारी दिईएको छ भने अर्का उपसभापति सन्तोष लिम्बुले अव्यवस्थित बसोबास संरक्षण समन्वय समिति संयोजकको जिम्मेवारी पाएका छन् । 

सचिव हिमाल श्रेष्ठले भातृ संघसंस्था समन्वय समिति संयोजकको जिम्मेवारी पाएका छन् । सहसचिव शिला बज्राचार्यले महिला विभाग संयोजकको जिम्मेवारी पाएकी छिन् भने अर्का सहसचिव यूनेस राना मगरलाई स्थानीय विकास समन्वय समिति संयोजकको जिम्मेवारी दिईएको कांग्रेस सभापति श्याम पोख्रेलले जानकारी दिए । 

congress1 1

कोषाध्यक्ष पञ्चकला राईलाई आर्थिक विभाग संयोजकको जिम्मेवारी दिईएको छ । बैठकमा निवर्तमान कोषाध्यक्ष शुवर्ण श्रेष्ठले आय व्यय प्रस्तुत गर्दै हिसाब किताब कोषाध्यक्ष राईलाई हस्तान्तरण गरेका थिए । बैठकले संघसंस्था समन्वय समिति, स्वास्थ्य तथा विपद व्यवस्थापन समिति, सुवेच्छुक संघसंस्था समन्वय समिति, शिक्षागत संघसंस्था समन्वय समिति, बुद्धिजिवी समन्वय समिति, खेलकुद समन्वय समिति, शान्ति सुरक्षा समन्वय समिति, कला तथा सांस्कृतिक समन्वय समिति, धार्मिक संघसंस्था समन्वय समिति, वन तथा वातावरण समिति र अन्तरपार्टी समन्वय समितिको विभागीय संयोजकको जिम्मेवारी पनि तोकिएको कांग्रेस धरानले जनाएको छ । 

को को भए सल्लाहकार ?

धरान १५ स्थित होटल धरान किचनमा सम्पन्न बैठकले पार्टीको सल्लाहकार र सदस्यहरु मनोनित गरेको कांग्रेसले जनाएको छ । सल्लाहकारमा  हर्ष सुब्बा, गिरिराज आचार्य, भिष्म काफ्ले, आनन्द आचार्य, हेमलाल गुप्ता, भैरवमान श्रेष्ठ, गोविन्द दर्नाल, पदम लिम्बु, तिलक सुनुवार, महेशमान पालिखे, प्रा.डा. गोपाल भण्डारी, पूर्ण सुवेदी, हिरा उदास, प्रा. जिवन राई, प्रा. विशाल श्रेष्ठ, प्रा. गंगा चौलागाई, प्रा. बद्रि तामाङ, सागर बम्जन, प्रा. ईन्द्रमोहन झा, उर्मिला प्रधान, अरुण कट्वाल, सुरज श्रेष्ठ, हेमन्त लिम्बु, रुपम लामा, बासुदेव बराल, सरिता लिम्बु, पर्शुराम केसी, शंकरदास राई, सरस्वति ढकाल र निरकुमार राईलाई सल्लाहकारका मनोनित भएका छन् ।