धरान: नेपाल सरकारले भोली (बिहिबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो । मन्त्रालयले आज एक सुचना जारी गर्दे बिहिबार विदा दिइएको जानकारी गराएको हो । सरकारले यसअघि तमु ल्होसार र सोनाम ल्होसारमा पनि सार्वजनिक विदा दिएको थियो ।
ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड बिशेष गरेर शेर्पा समुदायले मनाउने गरेका छन् । शेर्पा जातिले नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाउने गरेका छन् ।