विराटनगर: प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले प्रदेश लोकसेवा आयोगको ऐन, २०७६ को अनुसूची २ र ३ लाई संशोधन गर्ने प्रस्ताव पारित गरेको यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए । 

यस्तै, बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ प्रदेश सभामा प्रस्तुत गर्न पनि स्वीकृति प्रदान गरेको मन्त्री घिमिरेले जानकारी दिए ।