धरानः आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस धरान वडा नं १६ ले संगठन विस्तारको अभियानलाई तीब्रता दिएको छ । 

कांग्रेसको १६ नं. वडा कार्यसमितिले टोल र वस्तीहरुमा संगठन विस्तारको अभियानलाई तिव्रता दिएको हो । वडा कार्यसमितिले हालसम्म ७ वटा टोल समितिहरु गठन गरिसकेको जनाएको छ । पछिल्लो समय प्रतिक्षा मार्गमा सरोज श्रेष्ठको सभापतित्वमा २९ सदस्यीय टोल समिति गठन भएको छ । समितिमा उपसभापति मइमान राई, सचिव किर्तन राई, कोषाध्यक्ष सुनिता श्रेष्ठ रहेका छन् ।

यस्तै, सदस्यहरु जितु चोङवाङ, प्रमिला श्रेष्ठ, मदन राई, सत्यहाङ राई, शान्ता राई, सरोज श्रेष्ठ, सुजा तिमिल्सिना लिम्वु, अनिता श्रेष्ठ, साहिल श्रेष्ठ, सम्झना श्रेष्ठ, खड्गबहादुर राई, ममता कुलुङ, रेखा खालिङ, राजेन्द्र देवान, पुजा सुब्बा, युवराज श्रेष्ठ, वुद्धकुमारी राई, अमृता लिम्वु, दिलमाया लिम्वु, विमला राई, सोभित खतिवडा, जयबहादुर मादेन, सिता राई र दुर्गा गुरुङ रहेका छन् । 

congress

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङले संगठन विस्तार र सुदृढिकरण पहिलो प्राथमिकता रहेको बताए । उनले विगतमा संगठन कमजोर हुँदा स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा कांग्रेस पछि परेकाले सुदृढ संगठन निर्माणका लागि अभियाननै सञ्चालन गरी विशेष जोड दिइएको उनले बताए ।

कार्यक्रममा प्रदेशसभा निर्वाचन क्षेत्र १(१) र १(२) का सभापतिद्धय अनिल श्रेष्ठ र मुरारी भट्टराई, प्रदेश सम्मेलन सदस्य गोविन्द बस्नेत, धरान नगर सचिव हिमाल श्रेष्ठ, वडा उपसभापति मानबहादुर कालिकोटे, टोल सभापति सरोज श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । 

वडा सभापति किरण आचार्यको अध्यक्षतामा र सचिव उमेश जिमीको सञ्चालनमा सम्पन्न कार्यक्रममा क्षेत्रीय सदस्य लोकमणि शर्मा, प्रदेशसभा निर्वाचन क्षेत्र १(२) सदस्य मीना श्रेष्ठ, नगर सभापति श्याम पोखरेल, नगर सचिव जितेन्द्र राई, नगर सहसचिव शिला बज्रचार्य, नेपाल महिला संघ नगर सभापति सुशिला श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।