धरान: राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको १ नम्बर प्रदेशको प्रथम अधिवेशनबाट रामकुमार धमलाको अध्यक्षतामा ६० सदस्यीय प्रदेश कार्य समिति चयन भएको छ ।
सुनसरीको ईटहरीमा सम्पन्न भएको अधिवेशनले उपाध्यक्षमा जगतप्रसाद मगर र खुमा गुरागाईलाई निवार्चित गरेको छ भने सचिवमा ओम वहादुर खड्का, कोषाध्यक्षमा पुजा भट्टराई, सहसचिवमा बिमला ओझा र कृष्ण बजगाई पनि निर्विरोध निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा रबिनकुमार पोख्रेल, सीता आचार्य, अशोक शिवाकोटी, कुमार प्रसाद दाहाल, सुरेस प्रधान, विरेन्द्र भट्टराई, ईन्दिरा आचार्य, नबराज राई, भुपेन्द्र बस्नेत, सविना मगर, किशोर विष्ट, विशाल राई, महेश थापा, सन्जित रसाइली, सुजित कुमार ओझा, दिव्या श्रेष्ठ, सावित्रा लकाई खड्का, बेचन मंडल, लक्षमीमाया वनेम, प्रसिद्धा पतङ्वा, योगराज लिम्बू, एविन कुमार लिम्बू, बल प्रसाद राई, नारायण राउत, दिपेश विष्ट निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै, सदस्यहरुमा सुर्य श्रेष्ठ, राजेश बिमली, बालकृष्ण गौतम, बिनोद बस्नेत, लभि शाक्य, मनिष सुवेदी, निराजन केसी, रामप्रसाद ढकाल, पुष्कर निरौला, सुस्मित मैनाली, धनकुमार राई, ईश्वरी अधिकारी, मित्रमणी वस्नेत र मीन वहादुर शिवाकोटी निर्विरोध निर्वाचित भएको संघको केन्द्रीय उपाध्यक्ष तुलसी प्रसाद गुरागाईले जानकारी दिए।
यसैगरि, प्रदेशको १४ वटा जिल्ला कार्यसमितिका अध्यक्षहरु पदेन प्रदेश सदस्य रहने विधानमा व्यवस्था भएको केन्द्रीय महासचिव डा.झलक गौतमले जानकारी दिए। अधिवेशनमा प्रदेश नं. १ का विभिन्न जिल्लाका १५० चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु प्रतिनिधि रहेका थिए । अधिवेशनको उद्घाटन समारोहमा पुर्व मन्त्री योगेश भट्टराई प्रमुख अतिथि रहेका थिए। संघको केन्द्रीय अधिवेशन चैत्र २५,२६ र २७ गते काठमाडौंमा हुदैछ।