धरान: जनता समाजवादी पार्टी धरान उपमहानगर वडा नम्बर १० मा वडा समिति गठन गरिएको छ ।
बुधबार कलेज रोडमा भएको भेलाले निमा शेर्पाको नेतृत्वमा २३ जना वडा समिति गठन गरिएको हो । समितिको उपाध्यक्ष बिनु लिम्बू, दिनेश राई, सचिवमा अजय राई, सहसचिवमा निमा शेर्पा र फिलिस राई चयन भएका छन् । यस्तै, कोषाध्यक्षमा निमलमु शेर्पा चयन भएका छन् । समितिको सदस्यमा दुर्गाहाङ लिम्बु, ललिता लिम्बू, सन्तोष लिम्बू, सरस्वती राना, अन्जु चेम्जोङ, सिद्धिका चेम्जोङ, सोना मगर, अन्जना लिम्बू, बिना लिम्बू, प्रकाश राई, जसबहादुर लिम्बू, प्रेमबहादुर लिम्बू, कमिन लिम्बू, बिरबहादुर रसाईली, सुरज गुरुङ, बिरबहादुर गुरुङ, इन्द्र राई, जुना राई,अमृता थेवे रहेका छन् ।
पार्टीका केन्द्रिय सदस्य भिम राईले नवगठित वडा समितिलाई शुभकामना दिदै समाज वर्गीय आधारमा मात्र संगठित नहुने बताए । उनले कसैको अस्तित्व स्वीकार नगरिए त्यो समृद्धि नहुने बताए । आफुहरु तत्कालीन लामो समयसम्म कम्युनिस्टमा लागेको प्रसंग उल्लेख गर्दै उनले त्यहाँ आफू लगायत समुदायको अस्तित्व स्वीकार नगर्ने अवस्था देखिएपछि पार्टी छोड्नुपरेको बताए ।
जसपा धरानका अध्यक्ष ताजुप लिम्बुले अहिले पहिचानमा हमला गरिरहेको उल्लेख गर्दै कुनै जाती समुदायको भाषा संस्कार संस्कृति नै पहिचान भएकोले त्यही मुद्दालाई नै जनता समाजवादीले उठाउदै आएको बताए । उनले वर्गीय समस्याको समाजवाद र जातिय पहिचानको लागि संघीयताले समाधान गरिने बताए । वडा समिति गठनमा केन्द्रिय सदस्य दुर्गामाया लिम्बू,जेन्टल लावती,प्रदेश १ सदस्य उपेन्द्र लावती लगायतको उपस्थिति रहेका थिए ।