धरान: रामनवमीको अवसरमा सरकारले भोली आइतबार सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले एक सुचना जारी गर्दै आइतबार रामनवमीको अवसरमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने जानकारी गराएका हुन् । 

प्रवक्ता पोखरेलका अनुसार चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकले रामनवमीको अवसरमा आइतबार (चैत २७)मा विदा दिने निर्णय गरेको थियो ।