धरान: महिला सञ्जाल धरानको छैटौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिबार नेपाल रेडक्रस सोसाइटीको भवनमा भएको अधिवेशनले सपना राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षमा राई सर्वसम्मत निवार्चित भइन् भने वरिष्ठ उपाध्यक्ष र २ जना उपाध्यक्ष भने मतदानबाट निवार्चित भएका थिए । अन्य पदाधिकारी र सदस्यहरु भने सर्वसम्मत चयन भएको हो ।
वरिष्ठ उपाध्यक्षमा यशोदा कायस्थले प्रतिस्पर्धी कोपिला भट्टराईलाई पराजित गर्दै निवार्चित भइन् । यसैगरि, उपाध्यक्षमा सावित्री इवारम र निर्मला शाक्य विजयी भइन् भने लहरु माया जिमी पराजित भइन् ।
सचिव पदमा इन्द्रकला राई निर्विरोध चयन भएकी छिन् । सहसचिवद्धय शकुन्तला भुषाल र निर्मला नेपाल, कोषाध्यक्षमा कुमारी राईं, सहकोषाध्यक्ष कल्पना शेर्पा पनि सर्वसम्मत चयन भएको निवर्तमान अध्यक्ष चेतना श्रेङले जानकारी दिइन् । कार्यसमितिमा ८ जना सदस्यसहित १७ जनाको कार्यसमिति चयन भएको छ ।
महिला सञ्जाल धरानमा महिलाहरु मात्र आवद्ध भएको संस्थाहरुको छाता संगठन हो । सञ्जालमा हाल ३७ वटा संस्थाहरु सदस्यकोरुपमा आवद्ध रहेको बताइएको छ । सञ्जालको नेतृत्व चयन गरिदा यसपाली पहिला पटक मतदान पनि गर्नुपरेको हो ।