धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नयाँ प्रवक्ता र सहप्रवक्ता नियुक्त भएका छन् । 

प्रतिष्ठानको प्रवक्तामा प्याथोलोजी विभागकी एडिसनल प्रोफेसर डा.अन्जु प्रधान नियुक्त भएकी हुन् । उनी प्रतिष्ठानको प्रवक्तामा दोस्रो पटक नियुक्त भएकी हुन् । यसैगरि, प्रतिष्ठानको सहप्रवक्तामा सर्जरी विभागका एसिस्टेन्ट प्रोफेसर डा.अभिजित कुमार नियुक्त भएका छन् । दुवैलाई प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले नियुक्त गरेका हुन् । 

प्रवक्ता प्रधान यसअघि पनि प्रवक्त रहिसकेकी थिइन् । दुवैको कार्यकाल २०८१ जेठ १७ गते देखि दुई बर्षको लागि हुनेछ । यसअघि प्रवक्तामा स्कूल अफ पब्लिक हेल्थ तथा कम्यूनिटी मेडिसिन विभागका प्रमुख प्रा.डा.पारस पोखरेल कार्यरत थिए भने सहप्रवक्तामा पेडियाट्रिक्स विभागका एसिस्टेन्ट प्रोफेसर डा.अरुण कुमार सिंह थिए ।