धरान: धरानको सर्दु खोला उत्खनन् रोक्न पुगेको टोलीमाथि आक्रमण भएको छ । आज दिउँसो करिब पौने २ बजे सर्दु खोला उत्खनन् भइरहेको ठाउँमा पुगेर रोक्न प्रयास गर्दा हर्क साम्पाङ नेतृत्वको टोलीमाथि आक्रमण भएको हो । ठेकेदार पक्षका युवाहरुको आक्रमणबाट आधा दर्जन घाइते भएको बताइएको छ । सबैभन्दा बढी राजेश खिम ...
धरान: धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा आक्रमण गरि तोडफोडमा संलग्न भएका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनामा १० जना संलग्न भएका थिए । ती मध्ये पक्राउ परेका मुख्य आरोपीहरु ५ जनाहरुलाई आज जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिकसमेत गरेको छ । पक्राउ पर्नेहरुमा घटना मुख्य ...
धरान: धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा आक्रमण गर्ने मध्येका दुई युवाले धनकुटामा प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् । हिजो साँझ स्थानीय जनप्रतिनिधि र आफन्तसहित विकास भन्ने रेगन लिम्बु र वसन्त राईले सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी सन्तु जैसवालले जानकारी दिए । डिएसपी ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले एक महिनाभित्र काठमाण्डौं बाहिर उच्च क्षमताको सिटि स्क्यान सञ्चालनमा आउने बताएका छन् । धरान नागरिक दबाब समुहले ध्यानाकर्षण पत्र बुझाउन आयोजित कार्यक्रममा बोल्दै उपकुलपति गिरीले एक महिनाभित्र नयाँ सिटि स्क्यान प ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती अन्त्य गर्न गठित धरान नागरिक दबाब सञ्जालले चारै जना पदाधिकारीहरुलाई ध्यानाकर्षण पत्र बुझाएको छ । दबाब सञ्जालले प्रतिष्ठानमा देखा परेको समस्याहरु, आम नागरिकको गुनासाहरु र सुधारको लागि चाल्नुपर्ने कदमहरुसहित पदाधिकारीहरुलाई ध्यानाकर्ष ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सम्पुर्ण बेथितीहरुको अन्त्य नभएसम्म धरान नागरिक दबाब सञ्जालले निरन्तर अभियान जारी राख्ने जनाएको छ । सुनसरी उद्योग वाणिज्य संघ धरानको हलमा सोमबार बिहान पत्रकार सम्मेलन आयोजना गर्दै दबाब सञ्जालले प्रतिष्ठानको सम्पुर्ण विकृति, विसंगति र बेथित ...
धरान: छातीमा १२ इञ्च लामो रड छिरेर गम्भीर घाइते भएका एक जना कोरोना संक्रमित पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जटिल शल्यक्रिया भएको छ । प्रतिष्ठानमा जेठ ११ गते राती आकस्मिक शल्यक्रिया गरिएका झापाका ३८ बर्षीय पुरुष हिजो निको भएर डिस्चार्ज पनि भइसकेका छन् । उनी डिस्चार्ज भइ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती अन्त्यको लागि वृहतरुपमा दबाब दिने उद्देश्यले धरान नागरिक दबाब सञ्जाल गठन गरिएको छ । शनिबार बिहान धरान उपमहानगरपालिकाको प्रांगणमा नागरिक अगुवा तथा अभियन्ताहरुको भेलाले प्रतिष्ठानको सुधार गर्न तथा विकृति र विसंगती अन्त्यको लागि दबाबमु ...
धरान: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड १९ को तेस्रो र चौथो लहर आउन सक्ने भन्दै त्यसको लागि पुर्वतयारी गर्न मुलुकका सबै अस्पतालहरुलाई आग्रह गरेको छ । मन्त्रालयले देशभरका सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पतालहरुलाई सरकारी पत्राचार गर्दै यस्तो आग्रह गरेको हो । मन्त्रालयका कोभिड ...
धरान: कोरोना संक्रमण अझै बढीरहेको भन्दै सुनसरीमा पुनः एक साताको लागि निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ ३१ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरेको हो । यसअघि थपिएको निषेधाज्ञाको अवधि भोली राती १२ बजे सकिन लागेपछि आज प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले थप एक सा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित