धरान: कोरोना संक्रमण अझै बढीरहेको भन्दै सुनसरीमा पुनः एक साताको लागि निषेधाज्ञा थपिएको छ । 

जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ ३१ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरेको हो । यसअघि थपिएको निषेधाज्ञाको अवधि भोली राती १२ बजे सकिन लागेपछि आज प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले थप एक साताको लागि निषेधाज्ञा अवधि बढाएका हुन् । प्रजिअ ढकालले निषेधाज्ञा थप गर्नुअघि जिल्लाको डिसिसिएमसि बैठक बसेको थियो । 

खाद्यान्न तथा तरकारी पसलहरुलाई केही खुकुलो बनाउने अपेक्षा गरिए पनि प्रशासनले निषेधाज्ञा अवधिभरी कुनै पनि पसलहरु खोल्न नदिने निर्णय गरेको छ । डिसिसिएमसि बैठकमा आमन्त्रितरुपमा बोलाइएको स्थानीय तहका प्रमुखहरुले पसलहरु खुलाउन नमानेको सहायक प्रजिअ महेश पोखरेलले जानकारी दिए । उनले भने, डिसिसिएमसि बैठकमा आमन्त्रित सदस्यकोरुपमा आउनु भएका मेयर साबहरुले मान्नु भएन । अहिले जे छ, यसैलाई नै निरन्तरता गरौं भन्नु भयो । त्यसैले पसलहरु खुल्दैन ।

सर्वसाधारणहरुलाई पनि औषधी खरीद र उपचारबाहेक घरबाट बाहिर निस्कन नदिने निर्णय भएको छ । तर, मजदुरहरुलाई भने निर्वाधरुपमा आवतजावत गर्न दिइने निर्णय भएको छ । कृर्षि तथा निर्माण मजदुरलाई स्वास्थ्य मापदण्ड पुरा गरेर आवतजावत गर्न दिने निर्णय भएको छ भने उद्योग तथा कलकारखानामा कार्यरत मजदुरहरुलाई बिहान ५ बदेखि ७ बजेसम्म र बेलुकी पनि ५ देखि ७ बजेसम्म हिड्न दिइने प्रशासनले जनाएको छ ।

1 

23