ताप्लेजुङ: ताप्लेजुङ पाथीभरा याङबरक गाउँपालिका २ का खाल्टे थेचम्बुका ३५ बर्षीया शुकमाया लिम्बुको खुकुरी प्रहारबाट मृत्यु भएको छ।
हिजो शुक्रबार साँझ सवा ५ बजे दाजुभाईको अंशवण्डाको बिषयलाई लिएर विवाद हुदा ४३ बर्षीय दाई पुर्णकुमार लिम्बुले आफ्नै कान्छी भाईबुहारी बिरेन्द्रकुमार लिम्बुको शुकमायालाई खुकुरीले घाँटी र टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। खुकुरी प्रहार गरी बुहारीको हत्या गर्ने जेठाजु पुर्णकुमारलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।