ईलामः ईलामको सुर्योदय नगरपालिका ४ मा रहेको सुवास गुरुङको खाली घरबाट ठुलो परिणाममा अबैध समानहरु बरामद भएको छ ।
भारतबाट भन्सार छलेर अबैध रुपमा नेपाल भित्र्याएर गुरुङको घरमा भण्डारण गरेको भन्ने सूचनाका आधारमा शनिवार साँझ ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले अवैध सामान वरामद गरेको हो । प्रहरीका अनुसार बिभिन्न किसिमका लत्ता कपडा, ईलेक्ट्रोनिक्स समानहरु गरी करिब १५ लाख बराबरको अबैध सामान बरामद भएको छ । अबैध रुपमा बरामद भएको सामानहरु आवश्यक कारवाहीको लागि आज भन्सार कार्यालय बुझाईने उक्त कर्यालयले जनाएको छ ।