धरान: मानवता बचाउ नेपाल धरान सुनसरीले आफ्नो पहिलो वार्षिक उत्सवको अवसरमा फोहोर संकलन गर्ने डस्टविन वितरण गरेको छ ।
आइतबार धरान १५ स्थित शिक्षा सदन मावि अघि एक कार्यक्रमको आयोजना गरी ४० वटा डस्टविन वितरण गरेको हो । संस्थाले विभिन्न व्यक्ति तथा संघसंस्थाहरुबाट सहयोग संकलन गरेर पहिलो चरणमा ४० वटा डस्टविन वितरण गरेको जनाएको छ । संस्थाले कुल १५० वटा डस्टविन वितरण गर्ने लक्ष्य लिएको संस्थाका अध्यक्ष सोनाहाङ राईले जानकारी दिए ।
अध्यक्ष राईको अध्यक्षतामा आयोजित कार्यक्रममा धरान १५ का वडाध्यक्ष नरेश कुमार इवारम प्रमुख अतिथि रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष इवारमले सामाजिक कार्यमा सक्रिय रहेको संस्थालाई वडाले सदैब सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाए एकबर्ष अघि धरानको वडा नम्बर १५ मा दर्ता भएको संस्थाले विशेष गरी बालबालिका, वृद्धवृद्धा, असहायको साथमा वातावरणिय क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहेको छ ।