धनुषाः जनकपुरधाम उपमहानगरपालिकामा डेरामा बस्दै आएकी एक महिला सामुहिक बलात्कारको शिकार भएकी छिन् ।
जनकपुरको विश्वकर्मा चोकस्थित घरमा ४० बर्षीय महिलामाथि सामुहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरी निरीक्षक अशोक झाका अनुसार बलात्कारमा संलग्न भएको आरोपमा २ जना पक्राउ परेका छन् । 'उनीहरुमाथि अनुसन्धान भइरहेको छ,'प्रहरी निरीक्षक झाले भने ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा महोत्तरी औरहीका २५ वर्षीय नरेश महतो र भारत मधुवनी कलुवाहीका ४९ वर्षीय राघवेन्द्र साह छन् । महिलालाई घरमा बोलाएर सामूहिक बलात्कार गरेको प्रहरीको भनाई छ । घटनामा अन्यको पनि संलग्नता भएको र खोजी भइरहेको प्रहरीले जानकारी दिए ।
यसैगरि, रुपन्देहीमा पनि एक किसोरीमाथि सामुहिक बलात्कार भएको छ । सम्मरीमाई गाउँपालिका ३ मा १६ बर्षीय किसोरीमाथि तीन जनाले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न तीनै जनालाई प्रहरीले नियन्त्रण्मा लिएको छ ।