धरान: ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार धरानमा प्रभातफेरी आयोजना भएको छ ।

धरान उपमहानगरपालिकाको आयोजनामा प्रभातफेरी र्याली भएको हो । प्रभातफेरीमा विभिन्न संघसंस्था, विद्यालयका विद्यार्थी, जनप्रतिनिधि, राजनीतिक दलको सहभागिता रहेको थियो । उपमहानगरपालिका परिसरबाट शुरु भएको र्याली पब्लिक स्कुलको मैदानबाट दक्षिण पुतलीलाइन हुदै भानुचोक निस्किएको थियो । भानुचोकमा कांग्रेस सभापति शेरबहादुर देउवाले झण्डोत्तलन गरेका थिए । र्याली पुनः उपमहानगर परिसरमा पुगेर टुंगिएको थियो ।

उपमहानगर परिसरमा पुर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम थियो । उक्त कार्यक्रम कांग्रेसमय भएको भन्दै नेकपाबाट निवार्चित जनप्रतिनिधिहरु भने उपस्थित भएनन् । उपमेयर मञ्जु भण्डारी सुवेदी काम बिशेषले काठमाण्डौं गएको बताइएको छ । कार्यक्रममा कांग्रेसका नगरका पुर्वपदाधिकारीदेखि वर्तमान सचिवदेखि केन्द्रीय नेताहरुको घुइचो थियो । विभिन्न भातृ संगठनका प्रतिनिधि, अन्य जिल्लाबाट आएका पुर्व तथा वर्तमान पदाधिकारीहरुलाई पनि आसन ग्रहण गराइएको थियो ।

raly6

कार्यक्रममा नेकपाबाट निवार्चित उपमेयरसहित वडाअध्यक्षहरु कोही पनि आसन ग्रहणमा सहभागी भएनन् । धरानको २० वटा वडामध्ये कांग्रेसबाट मेयर र ५ जना वडाअध्यक्षहरु मात्र निवार्चित छन् । नेकपाबाट निवार्चित केही जनप्रतिनिधिहरु प्रभातफेरीमा भने सहभागी थिए । जनप्रतिनिधिहरु उपस्थित नभएपनि नेकपाका नगरअध्यक्ष नारायण सुवेदी र प्रदेश सांसद उमिता बराईली सहभागी थिए भने दुवैले मन्तव्य पनि व्यक्त गरेका थिए ।

नेकपाबाट निवार्चित एक वडाअध्यक्षले उपमहानगरपालिकाले आयोजना गरेपनि कांग्रेस पार्टीको कार्यक्रम जस्तो बनाएकोले औपचारिक कार्यक्रममा सहभागी नभएको प्रतिक्रिया दिए । ‘नगरपालिकाको आयोजना हो, तर कांग्रेसले आयोजना गरेको कार्यक्रम बनाइयो । त्यसैले औपचारिक कार्यक्रममा सहभागी भइएन,’ती वडाअध्यक्षले भने,‘नगरस्तरीय राजनीतिक दलका प्रतिनिधि बोलाएर स्टेजमा राख्नु ठिकै हुन्थ्यो, तर कांग्रेसको नगर, जिल्ला, केन्द्र सबैतिरको मान्छे बोलाइएको रहेछ ।’

raly raly2jpg raly1 raly4