उदयपुर: उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्ताबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लाहानबाट गाईघाटतर्फ जाँदै गरेको लु ५४ प ८७६३ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने क्रममा स्थानीय २२ बर्षीय मोहम्बद काबिरको साथबाट प्रहरीले लागुऔषध वरामद गरेको हो । उनको साथबाट डाईजोल्याप ५ पिस, प्रोमेफाजिन ५ पिस, नुफिन ५ पिस र प्रयोग गरेको सिरीन्ज ३ पिस बरामद भएको थियो । लागुऔषधसहित पक्राउ परेका काबिरको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।