धरान: कोड इट धरानले आफ्नो तालिम केन्द्रबारे पूर्ण जानकारी दिने उद्देश्यले मोबाइल एप्सको शुरुवात गरेको छ ।

शुक्रबार एक कार्यक्रम बिच इन्स्टिच्युटका संचालक सजल श्रेष्ठले उक्त एप्स डाउनलोड गरी शुरुवात गरेका हुन् । एप्समा इन्स्टिच्युटका सम्पूर्ण तालिमहरुबारे सम्पूर्ण जानकारी रहेको छ । एप्समा इन्स्टिच्युटबाट जारी गरिएका प्रमाणपत्र रुजु, तालिम केन्द्रका अन्य सेवा, सुविधाहरु, बिधार्थीहरुलाई विविध जानकारी (ग्रुप मेसेज) पठाउने सुविधा रहेको छ सञ्चालक श्रेष्ठले बताए । एप्स गुगलको प्ले स्टोरबाट सजिलै डाउनलोड गरी चलाउन पनि सकिने उनले बताए ।

उक्त एप्स तालिम केन्द्रका पहिलो ब्याचका बिधार्थीहरु संगम शाक्य, तेलिशा राई, मुना तामांग र निरज राईले प्रोजेक्ट वर्ककारुपमा विकास गरेका हुन । बिगत तीन बर्षदेखी पुर्वान्चल तथा धरानमा दक्ष कम्प्युटर तथा मोबाइल प्रोग्रामर, वेब डिजाइनर उत्पादन गर्ने लक्ष्य लिएर तालिम केन्द्रको स्थापना गरिएको हो । यो क्षेत्रमा युवाहरुको बढ्दो सहभागिताले स्वरोजगारीको अवसर सृर्जना हुनेछ भने कम्प्युटर सफ्टवेयर, वेबसाइट तथा मोबाइल एप्सले दैनिक जीवनलाई नै सहज बनाउने संचालक श्रेष्ठको भनाई छ ।