मोरङ: मोरङको सुन्दरहरैचा नगरपालिका ४ का ४० बर्षीय राजु बिकको करेन्ट लागेर मृत्यु भएको छ ।

शनिवार दिउँसो ४ बजे घर नजिकै रहेको पैनीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफ्नै आफैलाई करेन्ट लागेर उनी घाइते भएका थिए । उनको उपचारको क्रममा बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा साँझ ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय बेलवारीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।