मोरङ: मोरङको विराटनगर चोक घिनाघाट सडक खण्डमा हिजो मंगलबार राती टिपरको ठक्करबाट दुईको मृत्यु भएपछि स्थानीयबासी आन्दोलित भएका छन् ।
उनीहरुले राती नै ठक्कर दिने टिपरलाई आगो लगाएर जलाईदिएका थिए भने अहिले विराटचोक विराटनगर सडकखण्ड अवरुद्ध पारेका छन् ।राती करिब ९ बजे टिपरले विपरीत दिशाबाट आइरहेको टेम्पोलाई ठक्कर दिदा घटनास्थलमा दुईको मृत्यु भएको थियो । मृत्यु हुनेमा ग्रामथान २ का ४५ वर्षीय बाबुराम सरदार र उनको नातिनि ६ वर्षीया सबिता सरदार रहेका छन् ।
राती करिब सवा ९ बजे बिराटनगर १९ मिलन चोक नजिक पुर्वबाट पश्चिमतर्फ आउदै गरेको को १ ख २९१७ नम्बरको टिपरले बिपरित दिसाबाट आउदै गरेको टेम्पोलाई ठक्कर दिएको थियो । टिपरले प्रदेश १ ००२ ह ८६०६ नम्बरको अटो टेम्पोलाई ठक्कर दिदा चालक बाबुराम सरदार र उनकी नातिनि सबिताको घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनापछि आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेका थिए । प्रहरीले ठक्कर दिने टिफर र चालकलाई नियन्त्रणमा लिएको पनि जनाएको छ । टिफर चालक सुनसरीको रामधुनी ५ का ३३ बर्षीय हरेराम चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।