सुनसरी: इटहरी उपमहानगरपालिकाको जारी छैटौ नगरसभाले प्रधानमन्त्री केपी शर्मा ओलीको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
नगरसभाको आजको बैठकले प्रधानमन्त्री ओलीको शिघ्र स्वास्थ्यलाभको कामना गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको आज बुधबार शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया गरी मृगौला प्रत्यारोपण गरिएको थियो । दोस्रो पटक गरिएको प्रत्यारोपण सफल भएको र प्रत्यारोपित मृगौलाले काम गर्न थालिसकेको अस्पतालले जनाएको छ ।
सोही वैठकले नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७६ र उपभोक्ता हित तथा वजार ब्यवस्थापन सम्वन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७६ पनि पारित गरेको छ । नगरसभाको अर्को बैठक फागुन २४ गते बस्ने उपमहागरपालिकाका प्रेम संयोजक लिलाराज भटराईले जानकारी दिएका छन् ।