बिराटनगर: मोरङ र झापाका २ स्थानबाट १६ ग्राम २५ मिलिग्राम ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् ।

आईतवार साँझ साँढे ६ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बेलवारी नगरपालिका ८ का २९ बर्षीय कमान सिंह राईलाई १५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । भारतीय बजार जोगवनीबाट नेपालतर्फ आउँदै गरेका राईलाई चेकजाँच गर्ने क्रममा १५ ग्राम ब्राउनसुगर बरामद भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी, ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले दुई जनालाई १ ग्राम २५ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । प्रहरीले बिर्तामोड नगरपालिका ७ का ३४ बर्षीय सुरेश खतिवडा र मेचीनगर नगरपालिका १३ का २२ बर्षीय बिष्णु गिरीलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाबारे थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।