मोरङ: मोरङको विराटनगर महानगरपालिका १२ मलङवाका ७२ बर्षीय परण ऋषिदेवले दाउराको चिर्पटले प्रहार गरी ७० बर्षीया आफ्नै श्रीमती सगुत्री ऋषिदेवको हत्या गरेका छन् ।
सोमवार साँझ ५ बजेको समयमा घरायसी बिबाद हुँदा आवेगमा आएर परणले श्रीमतीलाई टाउकोमा दाउराको चिर्पटले प्रहार गरेका थिए । श्रीमानको आक्रमणबाट सगुत्रीको घटनास्थमला नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनास्थलमा अनुसन्धान अधिकृतसहितको टोली खटिएर आवश्यक कानुनी प्रकृया पुरा गरी शव परिक्षणको लागि कोशी अस्पताल पठाएको प्रहरीले जनाएको छ । साथै, परणलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको उक्त प्रहरी कार्यालयले जनाएको छ ।