झापा: झापा दमक ९ का ६१ बर्षीय उम बहादुर मगरको अटो दुर्घटनामा परी मृत्यु भएको छ ।

हिजो मंगलबार राती पौने ९ बजे दमक ५ हरीओम कोलेनी छेउ भित्री सडक खण्डमा अटो आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मगर गम्भीर घाइते भएका थिए । उत्तरबाट दक्षिणतर्फ आउदै गरेको मे १ ह ६५४४ नम्बरको अटोमा उनी सवार थिए ।

घाईते भएका मगरलाई लाईफ लाईन अस्पताल दमकमा उपचारको लागि लगिएको थियो । उनको उपचारकै क्रममा राती पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अटो र अटो चालक दमक २ का दिप मगर ईलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन् ।