विराटनगरः गत आइतवारदेखि इटहरीबाट हराएका कानेपोखरी १ होक्लाबारीका ५५ बर्षीय धनराज बुढाथोकी अझै फेला पर्न सकेका छैनन् ।

बुुढाथोकी आइतवार साँझ छोरा महेन्द्रसँग फोनमा कुरा गरेपछि सम्पर्कविहिन भएका थिए । महेन्द्रका अनुुसार हटहरीबाट हिँडेका उनी भाउन्नेमा लिन छोरालाई बोलाएका थिए । भाउन्नेमा छोरा पुग्दा धनराज भेटिएनन् । उनले बोक्ने मोवाइलसमेत अफ भएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । तर, अहिलेसम्म उनको अत्तोपत्तो नभएको परिवारका सदस्यले जानकारी दिएकाछन् ।

उनले बोकेको मोवाइल विराटनगरको चाँदनी चौकबाट अझ भएको देखिएको खोजीमा लागेका प्रहरीले जानकारी दिएका छन् । यता मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बुुढाथोकीको खोजीमा लागि परिएको जानकारी दिएका छन् । ‘मैले बिहानको बैठकमा पनि हराएका व्यक्तिको खोजीमा कुनै कसर बाँकि नराख्नु भनेको छु, परिवारसँग समन्वय गरेर आशंका गरिएका व्यक्तिको सुचना लिएर शुक्ष्म निरिक्षण गर्नु समेत भनिसकेको छुँ,’अधिकारीले भने । होक्लावारीका बासिन्दा बुुढाथोकी स्थानीय व्यापारी समेत हुन् । पारिवारीक स्रोतले भने उनको अपहरण हुन सक्ने आशंका गरेको छ । तर, ३ दिन बित्तासमेत उनको कुनै सुचना नआउँदा परिवार त्रासमा बस्नुपरेको छोरा महेन्द्रले गुनासो गरे ।