झापा: झापाको मेचीनगर नगरपालिका ६ स्थित मेची डाँडाबाट धरानका एक युवा ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज बुधबार दिउँसो पौने २ बजे धरान ८ का २६ बर्षीय कृष्णदास दर्जीलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार उनको साथबाट १६ ग्राम ब्राउन सुगर वरामद भएको छ ।

भारतीय बजारबाट नेपालतर्फ आउँदै गरेका दर्जीलाई चेकजाँच गर्ने क्रममा ब्राउन सुगर वरामद भएको थियो । उनले लगाएको पाईन्टको गोजीमा रुमालले पोको पारेर राखेको अवस्थामा उक्त परिणामको ब्राउन सुगर वरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका दर्जीको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।