काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।
दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालले शुक्रबार साँझ डिस्चार्ज गरेको हो । प्रधानमन्त्री ओली फागुन १९ गते अस्पताल भर्ना भएका थिए भने २१ गते मृगौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओलीका मृगौलादाता समीक्षा संग्रौला यसअघि नै डिस्चार्ज भइसकेकी छन्।
प्रधानमन्त्रीका निजी चिकित्सक एवं मृगौला रोग तथा प्रत्यारोपण चिकित्सा विभाग प्रमुख प्रा.डा.दिव्या सिंहले जारी गरेको विज्ञप्ती अनुसार प्रधानमन्त्री ओलीको भाइटल र ल्याब पारामिटरहरु राम्रो अवस्थामा रहेको छ । डिस्चार्ज पछि प्रधानमन्त्री ओली समय समयमा नियमित फ्लोअपमा रहनुपर्ने पनि विज्ञप्तीमा उल्लेख छ । 'साथै, उहाँ नियमित चिकित्सकको निगरानीमा रहनुहुनेछ । उहाँले यसपश्चात् आवश्यक सर्तकताका साथ आफ्नो नियमित आवश्यक सबै कार्यहरु गर्नसक्नुहनेछ,'विज्ञप्तीमा भनिएको छ ।