धरान: दोस्रो पटक मृगौला प्रत्यारोपण गरेर शिक्षण अस्पताल महाराजगञ्जमा आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिने भएको छ ।

शिक्षण अस्पतालले एक प्रेस विज्ञप्ती जारी गर्दै आज साँझ प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्नेबारे जानकारी दिएको हो । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.प्रेमकृष्ण खड्गाले विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य राम्रो रहेको र पुर्णस्वास्थ्य लाभ पछि आज साँझ डिस्चार्ज गरिने जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गरिएको आज दशौं दिन हो । प्रधानमन्त्री ओली फागुन १९ गते अस्पताल भर्ना भएका थिए भने २१ गते मृगौला प्रत्योरोपण गरिएको थियो ।

hospital