विराटनगरः विराटनगर महानगरपालिकाले नगरभित्रका कुुनैपनि सडकमा चौपाया छोड्दा कारबाही स्वरुप जरिवाना गर्न थालेको छ ।
सडक सुशासनलाई व्यवस्थित गर्न जथाभावी खुल्ला रुपमा छाडिने चौपायालाई नियन्त्रणमा लिएर पशुुधनीलाई जरिवारना असुल्न थालेको नगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले जानकारी दिए । उनका अनुसार पछिल्ला सवारी दुुर्घटनामा छाडा चौपाया पनि कारकतत्वको रुपमा रहेपछि नगरप्रहरी परिचालन गरेर त्यस्ता सवारी नियन्त्रण गर्न थालिएको हो । अहिले दिनहुँ १८ नगर प्रहरी शहरका अव्यवस्थित सवारी पार्किङ र छाडा चौपाया नियन्त्रणमा खटिन्छन् । त्यसरी पक्राउ गरिएका चौपायालाई नगरले दिनभर नियन्त्रणमा लिने गर्छ ।
नगरले कोही पशुुधनी आए प्रतिचौपाया दुुई हजार जरिवाना लिएर मात्र फिर्ता गर्छ । यदि पशु लिन नआए वा जरिवाना तीर्न इन्कार गरे पशुुधन जफत गरि गौशालामा जिम्मा दिइन्छ । विराटनगर– १४ स्थित श्रीकृष्ण गौसेवा सदनलाई विराटनगर महानगरपालिकाले हरेक वर्ष १० लाख सहयोग गर्ने निर्णय गरेको छ । उक्त सहयोग वापत गौसेवा सदनले नगरभित्र रहेका छाडा चौपाया पालनपोषण गर्नुुपर्नेछ ।