विराटनगर: धरान १५ का एक युवा लागुऔषधसहित विराटनगरमा पक्राउ परेका छन् ।
धरान १५ का २२ बर्षीय निशान लिम्बु हिजो आईतवार राती पौने ८ बजे विराटनगर बजार छेउबाट पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई नरफिन ५० पिस, डाईजोल्याप ५० पिस र एभिल ५० पिससहित विराटनगरको सजिलो बजार छेउबाट पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यसरैगरि, लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ बाट २ जनालाई पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा खटिएको टोलीले को ३५ प ६४१८ नम्बरको मोटरसाईकलमा सवार भोक्राहा नरसिंह गाउँपालिका ४ का २४ बर्षीय अरुण यादव र सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ का २० बर्षीय बिबेक यादवलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नाईट्रोभेट ७५० क्याप्सुल, स्पास्मोप्रोक्सिवन ११६० क्याप्सुल र डाईलक्स डिसी १०० एमएलको २९ बोतल बरामद गरेको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका ३ नै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको पनि प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।