धरान: धरान १६ मा एक वृद्धको जलेर मृत्यु भएको छ ।

आज बिहान आफ्नै पुजा कोठामा ९० बर्षीया आशा देवी रानाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान साढे ४ बजे आफ्नै घरको पुजा कोठामा धुपबाती बाल्ने क्रममा आफैले लगाएको कपडामा आगो सल्किएर आशादेवी गम्भीर घाइते भएकी थिइन् । आगोले शरिरका बिभिन्न भागहरु जलेको र उपचारको क्रममा बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।