इलाम: दुई दिनअघि कक्षा ११ को परीक्षा दिन हिडेकी एक किसोरीको बलात्कार पछि हत्या भएको पाइएको छ ।
इलामको सुर्योदय नगरपालिका १३ की १७ बर्षी आकृति राईको मंगलबार बलात्कार पछि हत्या भएको हो । प्रहरीका अनुसार कक्षा ११ को परीक्षा दिन स्कुल जाने क्रममा यो जघन्य अपराध भएको हो । उनी ज्योति माविमा कक्षा ११ को परीक्षा दिन जाने क्रममा बलात्कृत भएको र उनको शव खाडल खनेर गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी हीराबहादुर पाण्डेले जानकारी दिए ।
घटनाको अनुसन्धानको क्रममा पक्राउ परेका ४ जना मध्ये एक जनाले आफुले हत्या गरेको स्वीकार गरिसकेको पनि पाण्डेले बताए । प्रहरीले बलात्कार पछि हत्या आरोपमा सूर्योदय १३ का २१ बर्षीय रोशन राईसहित ४ जना पक्राउ गरेको थियो । राईले घटना स्वीकार गरेपछि अन्य तीन जनालाई अनुसन्धान पछि छोडिएको प्रहरीले जानकारी दियो ।
एसपी पाण्डेका अनुसार किसोरी बिहान साढे ९ बजेको समयमा स्कुलतर्फ गएकी थिइन् । उनी स्कुल पुग्नु अघि नै बलात्कार गरेपछि हत्या गरेर खाडलमा पुरिएको थियो । मंगलकार परीक्षा दिन नपुगेपछि उनको खोजतलास गर्ने क्रममा बुधबार शव भेटिएको थियो । किसोरीलार्य ढुंगाले टाउकामा प्रहार गरी हत्या गरेको शवको प्रकृत्तिबाट खुलेको इलाम प्रहरीको भनाई छ ।