धरान: विभिन्न जिल्लामा एकल महिला समुहले महिलाहरुको लागि बनाएको १० वटा छहारी भवन सरकार क्वारेन्टाइनको लागि उपलब्ध गराएको छ ।
धरान १७ स्थित मानव अधिकारको लागि महिला एकल महिला समुह सुनसरीले छहारी भवन स्थानीय सरकारलाई दिने प्रतिवद्धता पत्र धरान उपमहानगपालिकालाई बुझाएको छ । समुहकी अध्यक्ष इन्दुदेवी श्रेष्ठले प्रतिवद्धता पत्र धरानकी उपप्रमुख मन्जु भण्डारीलाई हस्तान्तरण गरेको जानकारी दिइन् । उक्त भवनमा ६० जनालाई राख्न सकिनेछ । सरकारले कोभिड–१९ महामारी रोकथामका निम्ति अवलम्बन गर्दै आएको कदमको सहानय गर्दै समुहले क्वारेन्टाइनका लागि आवश्यक समयसम्मका निम्ति प्रयोग गरी सञ्चालन गर्न आग्रह गरेको छ ।
समूहको प्रतिवद्धता पत्र बुझ्दै उपप्रमुख भण्डारीले प्रतिवद्धताका निम्ति धन्यवाद व्यक्त गर्दै महामारी रोकथामको लागि सबैको सहयोग आवश्यक भएको बताइन् । सरकारले विश्वव्यापी महामारी बनेको कोभिड–१९ बाट जोगिन हरेक उपाय अवलम्बन गरिएको उल्लेख गर्दै आतंकित नभई संयमता अपनाई घरमा नै बस्न उपप्रमुख भण्डारीले आग्रह गरिन् ।