पोखरा: यशुका अनुयायीहरुलाई कोरोना भाइरस(कोभिड १९) ले नछुने भन्दै भ्रमपुर्ण प्रवचन दिदै हिडेका एक पाष्टरलाई प्रहरीले पक्राउ गरेको छ ।

ती पाष्टर पोखरा महानगरपालिका वडा नं १९ का केशवराज आचार्य भएको खुलेको छ । उनको खास घर जुम्ला भए पनि हाल पोखरा बस्दै आएका थिए । सुकुम्बासी वस्तीमा चर्चमा पुगेर मान्छे भेला पारी प्रवचन दिइरहेको भेटिए पनि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । येशुका अनुयायीहरुलाई कोरोना भाइरसले नछुने पनि प्रवचन दिइरहेको प्रहरीको भनाई छ ।

कास्कीका एसपी दानबहादुर कार्कीले पाष्टर आचार्य पक्राउ परेको र उनलाई धर्मका नाममा भ्रम, अफवाह फैलाएकोले मुद्दा चलाउने तयारी भइरहेको बताए । केही दिनयता समाजिक सञ्जालमा यशुका अनुयायीहरुलाई कोरोनाले छुन नसक्ने भन्दै प्रवचन दिइरहेको भडियोहरु भाइरल बनिरहेको छ ।