विराटनगर: सुनसरी र मोरङमा पानीमा डुबेर एक नावालकसहित २ जनाको मृत्यु भएको छ ।

सुनसरीको हरिनगरा गाँउपालिका ३ का २ बर्षीय शिवराज मेहेता आफ्नै घर अगाडी रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको हो । कृपानन्द मेहेताको छोरा शिवराजको आज बिहान साँढे १० बजे डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरी टोली खटिएर अनुसन्धान भईरहेको जनाएको छ ।

यसैगरी मोरङको बेलवारी नगरपालिका २ की २२ बर्षीय मित्र याक्खाको लोहन्द्रा खोलामा डुबेर मृत्यु भएको छ । पौडी खेल्न गएकोका उनको पानीमा डुबेर मृत्यु भएको हो । आज दिउँसो साँढे ३ बजे पानीमा डुबेर अचेत अबस्थामा फेला परेका याक्खालाई तत्काल उद्दार गरी उपचारको लागी मंगलवारे अस्पताल पठाईएको थियो । उनको उपचारको क्रममा सवा ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।