धरान: धरान १४ विजयपुरस्थित बमधारा मार्गमा स्थानीय एक युवाले झुण्डिएर आत्महत्या गरेका छन् ।

बुढासुब्बा मन्दिरदेखि करिब ५ सय मिटर तल(सेउतीतर्फ) बमधारा मार्ग भन्ने ठाउँमा स्थानीय २३ बर्षीय हरिप्रसाद अधिकारीले रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनले आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन । बिहान धारामा पानी लिन जादा एक महिलाले देखेपछि सबैलाई खबर गरेकी थिइन् । प्रहरी र वडाका जनप्रतिनिधिले सरजिमिन मुचुल्का उठाएर शव पोष्टमार्टमको लागि पठाइसकेको छ ।

मृतक युवा अविवाहित हुन् । उनी आमा बुबा, दाजुभाई र बाजेबजुसहित सपरिवारसँगै बस्ने गरेको वडा १४ का अध्यक्ष कृष्णप्रसाद भटराईले जानकारी दिए । उनका अनुसार मृतक परिवार निम्न आर्थिक अवस्थाको हो । मृतक युवा पनि ज्याला मजदुरी गर्थे भने मदिरापान पनि बढी गर्ने गरेको खुलेको छ ।