विराटनगर: भर्खरै विदेशबाट आएका ७ व्यक्तिलाई सुन्दर हरैंचा नगरपालिकाको सक्रियातामा क्वारेन्टाइन पठाइएको छ ।
नगरपालिकाको वडा नम्बर १२ का ७ व्यक्तिलाई नजिकै रहेको पूर्वाञ्चल विश्वविद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा पठाइएको वडाअध्यक्ष रोशन ढकालले जानकारी दिए । ढकालका अनुसार हिजो ४ र आज ३ जना व्यक्तिलाई कोरोनाको आशंकामा क्वारेन्टाइन पठाइएको हो । उनीहरुलाई नगरपालिकाको एम्बुलेन्सले क्वारेन्टानसम्म पुुर्याउन सहयोग गरेको थियो । हिजो लगिएका युवाहरु दुुवइ, कतार र पोर्चुुगलबाट आएका थिए भने आज लगिएको युवाहरुमा २ जना कतारबाट भर्खरै आएका हुन् । एक जना भारतबाट आएका हुन् ।
फ्रान्सबाट फर्किएकी नेपाली युवतीमा कोरोना पुष्टि भएपछि वडाअध्यक्ष ढकालले आफ्नो वडामा घुम्दै विदेशबाट आएकाहरुको खोजी थालेका थिए । त्यसक्रममा यी युवाहरु फेला परेपछि क्वारेन्टाइनमा पठाएको जानकारी दिए । उनका अनुसार घरदेखि क्वारेन्टाइनसम्म पुर्याउने सम्पुुर्ण प्रक्रिया नगरपालिकाले पुरा गरिदिनेछ भने स्वास्स्थ्य जाँच सकिए पछि पुनः घर फर्किने सल्लाह चिकित्सकले दिए घरसम्मै पुर्याउने काम पनि नगरपालिकाले गरिरहेको छ ।
पुर्वाञ्चल विश्वविद्यालयको क्वारेन्टाइनमा हाल १८ बेड तयारी पारिएको छ भने आवश्यकताअनुसार स्वास्थ्यकर्मी र वेड संख्या बढाउने वडाअध्यक्ष ढकालले जानकारी दिए । त्यहाँ पुर्याइएका व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने र कोरोना नै हनुसक्ने यकिन गरेपछि मात्र स्वाब टेस्टका लागि टेकु पठाइने चिकित्सकको तयारी छ । नगरपालिकाले एम्बुलेन्सलाई चौबिसै घण्टा अलर्टमा राखेको छ भने चालकलाई विशेष सुरक्षा सतर्ककय लागि पिपिइसहित तालिम दिएको छ । अहिले विदेशबाट पढेर आएका र सामान्य रुघा खोकी लागेका स्ष्नयिय युवा पनि क्वारेन्टाइनका चिकित्सक समक्ष पुुगेर परामर्श लिने जान थालेका छन् ।