धरान: कोराना भाइरस कोभिड १९ को रोकथामको लागि गरिएको लकडाउनले विपन्न परिवारहरुमा समस्या आउन थालेपछि ती परिवारलाई सहयोग पुर्याउन धरानको वडा नं १८ ले राहत कोष स्थापना गरेको छ ।

राहत कोषमा वडाअध्यक्षले आफ्नो एक महिनाको सेवासुविधा २५ हजार ७ सय २३ रुपैया दिएका छन् भने ४ जना वडा सदस्यहरुबाट जनही १० हजार रुपैया संकलन गरेर कोषको सुरुवात गरेका छन् । कोष स्थापना हुनुअघि पनि दैनिक ज्यालादारीमा काम गरेर गुजारा गर्दै आइरहेको टेम्पो चालक, केस काट्ने हजाम, मजदुर लगायत आप्mनो वडाका १७ विपन्न परिवारलाई खाद्यन्न उपलव्ध गराइसकेको वडा अध्यक्ष प्रविण राईले जानकारी गराए ।

wada-18

शनिवारदेखि धरान मारवाडी युवा समाजसँग सहकार्य गरेर वडा कार्यालयले वीपी प्रतिष्ठानमा विरामी कुरुवाहरुलाई विहान वेलुका खाना खुवाउन थालेको छ । एक सय ५० जनालाई तयार गरेको खानाले नपुगेपछि आइतवारदेखि वीपी प्रतिष्ठान गेट अगाडि रहेको अनिता मेडिकलले एक सय र १८ नम्बर वडा कार्यालय आफैले १ सय खाना प्याकेट थप सहयोग गर्ने भएको छ । खाना लिनका लागि कुरुवासँगै वीपी प्रतिष्ठानका कर्मचारीहरु समेत आउने गरेका छन् । लकडाउन नखुलेसम्म खाना खुवाउने योजना रहेको वडाध्यक्ष राईले वताए ।

IMG_9872.psd

यससंगै वडा समितिले आवश्यक मेडिकल पन्जा, मास्क र सेनिटाइजर समेत वितरण गरिरहेको छ । शनिवारदेखि सुरुभएको राहत कोषमा संकलित रकमबाट १८ न. वडालाई मात्र नभएर धरान उपमाहानगरपालिका भरिका समस्यामा परेका तथा विपन्न परिवारलाई सहयोग गरिने वडाध्यक्षले जनाए । राहत कोषमा पुर्व व्रिटिस गोर्खा आर्मी सुवास राईले ७ हजार ५ सय रुपैया र नेपाल फिजिकल ट्रेनिङ्ग महासंघ प्रदेश १ का अध्यक्ष पर्वत राईले ५ हजार रुपैया सहयोग गरेका छन् ।

एक महिना घर भाडा छुट

वडाध्यक्ष प्रविण राईले आप्mनो चार वटा घरमा वसेका भाडावालहरुको एक महिनाको भाडामा छुट दिने भएको छ । महिनाको करिव ७० हजार रुपैया भाडा उठ्ने काठमाण्डौका एक, इटहरीको एक र धरानको दुई वटा घरको भाडा छुट दिने घोषणा गरेको वडाध्यक्ष राईले बताए । कोरोना भाइरस रोक्न तथा वच्नको लागि देशभर लागु गरिएको लकडाउनका कारण सर्वसाधरणमा समस्या बढेको कारण छुट गरिएको उनले जनाए ।

भर्खरै मात्र पनि वीपी प्रतिष्ठानमा विरामी रुग्न आएका कुरुवा विचल्ली परेपछि आफु बसेको घरमा लगेर समेत केही दिन बस्न दिएका दिए । वीपी प्रतिष्ठान जस्तो ठुलो अस्पताल आफ्नै वडामा परेको कारण कुनै पनि समस्या आउन वित्तिकै कल आइहाल्ने हुनाले आफुले सकेसम्म सहयोग गरिरहेको उनले जनाए । लकडाउन भर्खर सुरु हुदा एक जना कुरुवाले खाना खान नपाएर भोकै रहेको भन्दै फोन गरेपछि राति नै घरमा रहेको चाउचाउ लगेर समेत दिएको उनले बताए ।

IMG_9884.psd