बुटवल: रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक युवाको मृत्यु भएको छ ।

दुबईबाट फर्किएका करिब ३४ बर्षीय ती युवा चैत १३ गते अस्पताल भर्ना भएको बताइएको छ । उनको स्वाब परीक्षण गर्न काठमाण्डौं पठाइए पनि रिपोर्ट हालसम्म आएको छैन । जसले गर्दा उनको मृत्युको कारण कोरोना भाइरस संक्रमण हो कि होइन भन्ने खुलेको छैन ।