काठमाडौँ: कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जारी लकडाउन अझै एक साता थप हुने भएको छ ।

आज बसेको उच्चस्तरीय समन्वय समितिले लकडाउन थप ७ दिन बढाउन सरकारलाई सिफारिश गरेको हो । समितिको यो सिफारिश आजै बस्ने मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्ने बताइएको छ । सिफारिश अनुमोदन भए चैत २५ गतेसम्म मुलुक लकडाउन हुनेछ ।

यसअघि चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहानसम्मको लागि लकडाउन गर्ने निर्णय गरेको थियो । सरकारको सोही निर्णयअनुसार मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र आवागमन सेवा ठप्प छ । सोही बैठकले विपन्‍नहरुलाई निःशुल्क राहत वितरण गर्न पनि सरकारलाई सिफारिश गरेको छ ।