धरान: लकडाउनले समस्यामा परेका विपन्न परिवारहरुलाई लायन्स कल्व धरान विजयपुरले राहत वितरण गरेको छ ।
क्लवको संयोजनमा धरान वडा नं ३ र वडा नं ५ का एक सय ६३ विपन्न परिवारलाई राहत वितरण गरेको जनाएको छ । प्रत्येक घर परिवारलाई १० केजी चामल, नुन, तेल, सावुन र दाउरा समेत प्रदान गरिएको ड्रिस्टिक युथ चिफ लायन टंक गुरुङ्गले जानकारी दिए ।
वडा नं ३ कार्यालय, कैलाश पथ, श्रीपथ र व्हाइट हाउस होटल म्यानेजमेन्ट कलेजको सहकार्यमा राहत वितरण कार्यक्रम सम्पन्न भएको गुरुङ्गले जानकारी दिए । राहत वितरणसंगै क्लंवले धरान उपमहानगरिपालिकाद्धारा सुरु गरिएको फुड वैंकलाई एक सय वोरा चामल समेत उपलव्ध गराउने उनले बताए ।