इटहरी: इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले सुत्केरी व्यथा लागेर उपचार नपाई सडकमा अलपत्र महिलाको उद्दार गरी अस्पताल पुर्याएकी छिन् ।

सुत्केरी भेट कार्यक्रम लिएर सुत्केरी महिलाको घरमा जाने क्रममा उनले एक महिलाको सडकबाट उद्दार गरेकी हुन् । इटहरी ४ की भिम कुमारी लिम्वूलाई ब्यथा लागेपछि एपेक्स अस्पताल इटहरीमा फोन गर्दा भर्ना गर्न मानेको थिएन् । महिलाकी श्रीमान अनिस भुजेलका अनुसार त्यसपछि नेपाल परिवार नियोजन संघ इटहरी लगिएको थियो । संघ पनि बन्द भएको पाइए पछि सिटी रिक्सामा इटहरी ५ पिपलचौकमा रुदै गरेको देखेपछि गाडीमा हालेर उपमेयर गौतमले इटहरी अस्पताल पुर्याएकी थिइन् । यातायातका साधन नभएपछि ती महिलालाई भेटघाट चौकदेखि सिटि रिक्सामा ल्याइएको थियो ।

itri

उपमेयर गौतमले बुधबार इटहरीका पाँच जना सुत्केरी महिलाको घरमा पुगेर भेटघाट पनि गरिन् । लकडाउनका वेला सुत्केरी भएकी इटहरी २, ९ र २० वडाका पाँच जना महिलाको घर पुगेर उपमेयर गौतमले आमा वच्चाका लागि पोषिलो खानाका साथै न्यानो कपडा पनि प्रदान गरिन् । इटहरीमा रिना विक, खुस्वु खातुन, यमुना खतिवडा, स्वस्तिका पुरी र गंगीया उराव इटहरी अस्पतालमा सुत्केरी भएकी हुन ।

लकडाउनका वेला खाद्यान्न अभावले सुत्केरी महिला भोकभोकै बसेको खवर पाएपछि आफू दाल, चामल, नुन तेललगायत पोषिलो खाद्यान्न समाग्रीसहित आफु भेट्न गएको उपमेयर गौतमले बताइन् । लकडाउनका बेला श्रीमान्ले समेत काम गर्न नपाएपछि सुत्केरी महिलाको विजोग भएको थियो ।