तेह्रथुम: तेह्रथुमको आठराई गाउँपालिका ६ चुहान डाँडाका ८३ बर्षीय फौदराज पौठाक जंगलमा जलेको अवस्थामा मृत फेला परेका छन् ।
मंगलवारदेखि हराईरहेका उनको चुहानडाँडास्थित लामा चौतारी सामुदायिक वनमा जलेको अवस्थामा शव बुधवार दिउँसो २ बजे फेला परेको हो । मंगलवार उक्त जंगलमा आगलागी समेत भएको बताईएको छ । घटनाको जानकारी पाएसंगै ईलाका प्रहरी कार्यालय आठराईबाट प्रहरी टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ । सबै प्रक्रिया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल पाँचथर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।