धरान: लकडाउनमा समस्या परेका विपन्न परिवारलाई एकद्धार प्रणालीमार्फत राहत वितरण गर्न उपमहानगरपालिकाले गठन गरेको फुड बैंकमा पनि सहयोग जुट्ने क्रम जारी छ ।
उपमहानगरका अनुसार हालसम्म विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले चामल, दाल, नुन र तेल सहयोग गरेका छन् । उपमहानगरका अनुसार हालसम्म धरान जेसीजले १ हजार किलो चामल सहयोग गरेको छ भने कायस्थ गोपाल प्रसाद प्रतिष्ठानले १२ सय केजी, नितेश ट्रेडिङ(श्याम अग्रवाल)ले ४ सय ६० केजी चामल, ९२ केजी दाल, ४६ केजी नुन र ४६ लिटर तेल प्रदान गरेको छ । यसैगरि, केके इन्टरनेशनल स्कुलले ५ सय केजी चालम, १ सय केजी दाल, ५० केजी नुन र ५० लिटर तेल सहयोग गरेको छ भने उत्तम आलेले २ सय केजी चामल र २५ केजी दाल, कोरोना आवरनेस ग्रुपले २ सय केजी चामल, ६० केजी दाल, ३० लिटर तेल र १ सय केजी आलु सहयोग गरेका छन् ।
कृषि बजारले १२ सय ५० केजी आलु पनि फुड बैंकमा प्रदान गरेको छ । यसैगरि, शिला बज्रचार्यले २ सय ५० केजी चामल, धरान होलिडेज प्रालिले १ सय केजी चामल, धरान मन्टेश्वरीले ५० केजी चामल र ५० केजी दाल पनि सहयोग गरेको छ भने घनश्याम तिम्सिनाले पनि ५० केजी चामल, गोपाल चौधरी र मोहन किरानाले जनही २५ केजीको दरले दाल सहयोग गरेका छन् ।