धरान: लकडाउनको कारण समस्यामा परेका नागरिकहरुलाई राहत दिलाउन धरान उपमहानगरपालिकाले स्थापना गरेको फुड बैंकमा नेपाली कांग्रेसले पनि खाद्यान्न सहयोग गरेको छ ।
नेपाली कांग्रेस धरान उपमहानगर कमिटिले २ हजार किलो चामल सहयोग गरेको हो । कोरोनाको महामारीबाट जोगिन सरकारले लकडाउन गरेपछि विपन्न परिवार तथा श्रमिक, मजदुरहरुलाई समस्या भइरहेकोले पार्टीले फुड बैंकमार्फत राहतको लागि चमल सहयोग गरिएको कांग्रेस नगर सचिव श्याम पोख्रेलले बताए । यो विपत्तिको समयमा सबैले विपन्न परिवारको लागि सक्दो सहयोग गर्न पनि उनले आग्रह गरे ।