धरान: लकडाउनले समस्यामा परेका नगरबासीहरुलाई उपमहानगरपालिकाले शनिबार राहत वितरण गर्ने तयारी गरिरहदा धरानको वडा नं १२ ले भने आज शुक्रबार नै राहत विरतण गरेको छ ।

चतरालाइनस्थित वडा कार्यालयमा लगत संलकन गरिएका अतिविपन्न परिवारहरुलाई राहत विरतण गरेको वडाअध्यक्ष टंक राईले जानकारी दिए । उनका अनुसार वडाका जनप्रतिनिधिहरु र स्थानीय केही व्यक्तिहरुको सहयोगमा राहत वितरण गरिएको बताए । पहिलो चरणमा अतिनिम्न परिवारहरुलाई वितरण गरिने र दोस्रो चरणमा लगत संकलनमा रहेकाहरुलाई वितरण गरिने वडा कार्यालयले जनाएको छ ।

वडाका अनुरसार ५ जना सदस्य भएको परिवारलाई १० केजी र ५ जना माथि सदस्य भएको परिवारलाई १५ केजी चामल वितरण गरिएको छ । यस्तै, १ पोका नुन, आधा लिटर तेल, १ केजी दाल, ३ सय ग्राम न्युटेला र साबुन पनि वितरण गरिएको छ । वडा अध्यक्ष राईका अनुसार राहतको लागि धनुषा कार्कीले २ सय केजी चामल, आशिष मास्केले सय केजी चामल र १ कार्टुन तेल, प्रमोद श्रेष्ठले सय केजी चामल, अनुप देवानले ५० केजी चामल,मेघा हिमालयन स्कुलले ५० केजी र प्रदिप आचार्यले ५ बोरा न्युटेला सहयोग गरेका छन् ।

rahat-wada-12, 1