इटहरी: इटहरी उपमहानगरपालिका २० तरहराकी ८६ बर्षीया रुद्रमाया गुरुङले इटहरी उपमहानगरले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा एक लाख पाँच हजार सहयोग गरेकी छिन् ।

उपमहानगर कार्यालय पुगेर उनले आफ्ना श्रीमान शहरबहादुर गुरुडको स्मृतिमा परिवारकोतर्फबाट उक्त रकम सहयोग गरेकी हुन् । उनले आफ्ना छोरा छोरीहरु नन्द किशोर गुरुङ, मिना गुरुङ, निरु गुरुङसहितको तर्फवाट एक लाख पाँच हजार रकम इटहरीका प्रमुख द्धारिकलाल चौधरीलाई हस्तान्तरण गरेका थिए ।

यसैगरी, कोषमा पूर्व भूमिसुधार ब्यवस्थामन्त्री रामकुमार सुव्वाले पनि दुई लाख रुपिया जम्मा गर्ने घोषणा गरेका छन् । किसान कल्याण वचत तथा ऋण सहकारी संस्थाले एक लाख, सागर फिडका लक्ष्मण हुमागाईले एक लाख, ज्योति इँटाका मिलन वस्नेतले ५१ हजार, विग हाउजिङका राजकुमार काफलेले ५१ हजार सहयोगको घोषणा गरेका छन् । यस्तै ब्यवसायी निर्मल रिजालले ३५ हजार वरावरको खादयान्न उपलब्ध गराएका छन् ।