इटहरी: इटहरी उपमहानगरपालिकामा एक दलित महिला वडा सदस्यको निधन भएको छ ।

इटहरी वडा नं १० की दलित महिला वडा सदस्य दुलिया ऋषिदेवको शुक्रबार राती निधन भएको हो । राती पेट दुखेपछि उपचारका लागि अस्पताल लैजादै गर्दा निधन भएको परिवारजनले जनाएका छन् । ७० बर्षीया ऋषिदेव पेट र दमको विरामी रहेको वडाध्यक्ष प्रकाश चौधरीले वताए । मृतकको शनिबार वुढिगंगा जमुना घाटमा अन्तिम संस्कार गरिएको छ ।