धरान: सुनसरी एम्बुलेन्स चालक संघ ईकाई कमिटी धरानले भानुचोक र वीपी प्रतिष्ठानको मुलगेट अगाडि खाना वितरण गरेको छ ।

धरानमा संचालन हुने एम्बुलेन्सका चालकहरुको समुहले वीपी अस्पतालमा रहेका विरामीका कुरुवा र भानुचोकमा अलपत्र रहेकाहरुलाई खाना वितरण गरेको हो । लकडाउनले होटल समेत बन्द भएपछि खाना नपाएर समस्या भएकाहरुलाई चालकहरुले खाना वितरण गरेको हो । कुरुवाहरुसँगै स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मी र आसपासका खाना खाना नपाएकाहरुलाई खाना वितरण गरिएको संघले जनाएको छ ।

 

उनीहरुले दुवै ठाउँ गरी ४ सय ५० जनालाई खाना वितरण गरेका छन् । सो क्रममा हात धुने र सेनिटाइजरले हात सफा गर्ने व्यवस्था पनि गरिएको थियो । चालकहरुले आफुहरु दिनहुँ विरामी बोकेर हिड्नु पर्ने भएपनि आवश्यक सुरक्षाको सामग्रीहरु नभएको गुनासो गरेका छन् । उनीहरुले सम्बन्धित निकायले पीपीईको व्यवस्था गरिदिन पनि माग गरेका छन् ।

ambulance-khana ambulance