धरान: धरानका एक पुर्व ब्रिटिश लाहुरेले खानको लागि उसिनेको अण्डा प्लाष्टिक भएको दाबी गरेका छन् ।

धरान ७ शान्ति पथका पुर्वलाहुरे प्रेमबहादुर गुरुङले पसलबाट ल्याएर खानको लागि उसिनेको अण्डा प्लाष्टिक भएको दाबी गरेका हुन् । उनले हिजो बेलुका ४ वटा अण्डा उसिनेको र २ वटा खाएर बाँकी २ वटा राखेको बताए । आज बिहान ती २ मध्ये एउटा खाएको र अर्को खान लाग्दा दह्रो प्लाष्टिक जस्तो देखिएको बताए । राम्रो हेर्दा प्लाष्टिक नै भएपछि नखाई राखेको उनको भनाई छ । उनले कृत्रिम तरिकाले प्लाष्टिक र बेसनलगायत सामान प्रयोग गरेर अण्डा बनाइएको दाबी गरे ।

उनले थप २ वटा अण्डा पनि उसिनेर केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका माइक्रोवायोलोजी विभाग प्रमुख धिरेन लिम्बुलाई जिम्मा लगाएका छन् । विभागीय प्रमुख लिम्बुले फुड टेक्नोलोजी विभागसँग मिलेर यो बिषयमा आवश्यक अनुसन्धान गर्ने बताए । ‘हेर्दा प्लाष्टिक जस्तो देखिन्छ, बाहिर दह्रो छ । के हो भनेर फुड टेक्नोलोजीसँग आवश्यक सल्लाह गछौं,’उनले भने ।

 egg egg2 egg1 egg4